चितवन : चितवनमा राति ९ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले आज (सोमबार) विज्ञप्ति जारी गर्दै ९ बजेपछि देउसी भैलो कार्यक्रम नगर्न आग्रह गरेका हुन् । प्रशासनले देउसी भैलोको क्रममा निर्वाचन आचारसंहिता विपरित कार्य तथा राजनीतिक बिषय बस्तु समावेश नगर्न पनि आग्रह गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जारी भएको आचारसंहिताको सर्तहरु समेत पालना गर्न प्रशासनको आग्रह छ ।

इच्छाखबर संवाददाता












