चितवन :  पुर्व अर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृ शोक परेको छ । आमाको निधन भएपछि भरतपुरमा तय भएका कार्यक्रम छाडेर काठमाडौँ गएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो भनेका छन्–भाई कान्छो (दिपेन्द्र)ले विहानै ४ः१५ बजे फोन गरेर आमा बितेको खवर गर्‍यो । म भण्डाराबाट काठमाण्डौं हिंडे । आज, भोली र पर्सि रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन असमर्थ भएको छु।’