आशिष अधिकारी

चितवन :    भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भएको छ । देशको अहिलेको अर्थतन्त्रलाई सहकारी क्षेत्रले धानेको छ वहाँले भन्नू भयो । नेपाल सहकारी बित्तीय सस्था चितवन शाखाले आज नारायणगमा आयोजना गरेको शेयर सदस्य प्रमाणपत्र बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले देश्को अर्थतन्त्रलाई चलायमान बनाउन पनि सहकारीको आबश्यकता रहेको बताउनु भयो ।

वहाँले भरतपुरलाई पर्यटकीय नगरी सगसगै सहकारीय नगरीको रुपमा बिकास गर्नुपर्ने पनि बताउनु भयो । भरतपुर पर्यटकीय नगरीको रुपमा जति परिचित छ त्यति नै रुपमा सहकारीको रुपमा पनि परिचित गराउन आबश्यक छ उप प्रमुख अधिकारीले भन्नू भयो । सहकारीमा एकरूपता कायम गर्दै सहकारी शिक्षा, प्रशिक्षण र जागरणलाई समन्वयात्मक रूपमा एकीकृत ढंगले अगाडि बढाउनु आजको आवश्यकता हो, वहाँले भन्नू भयो । हामीले खाई नखाई गरेर जम्मा गरेको पैसा कस्तो अवस्थामा, कहाँ र कति जोखिममा छ भन्ने नबुझिकन साँवा भन्दा व्याज र वास्तविक घाटा लुकाएर भएपनि उच्च लाभांश खोज्ने परिपाटीको अन्त्य हुनुपर्नेमा उप प्रमुख अधिकारीले जोड दिनु भयो ।

वि.सं. २०१३ सालमा तत्कालिन सरकारको आदेशमा चितवनमा बखान ऋण समिति गठन गरी १३ वटा प्रारम्भिक सहकारी संस्थाहरु स्थापना भएका थिए । नेपालमा पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्था हो । यो २०१३ साल चैत २० गते चितवनको शारदानगरमा स्थापना भएको थियो । सहकारी विभागको तथ्याङ्क अनुसार नेपालमा ३७ हजारको हाराहारीमा सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् । आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको मानिन्छ । कार्यक्रममा सस्थालाइ सहयोग गर्ने विभिन्न सघ सस्थाहरुलाइ सम्मान गरिएको थियोे ।