कुरिनटार,१२ असार । पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित नाग्दी खोला नजिकै खसेको सुख्खा पहिरो पञ्छाएपछि राजमार्ग दुइतर्फी सञ्चालनमा आएको हो । प्रहरीका अनुसार मध्यान्न १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई दुइतर्फी सुचारु भएको भएको सडकको सोही ठाउँमा पुन २ :  ५ बजे पहिरो खसेपछि दुइतर्फी अवरुद्ध बन्न पुगेका थिए ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङका अनुसार पुन खसेको पहिरो पञ्छाएर ३ बजेदेखी सडक दुइतर्फी सुचारु गरिएको हो ।