कुरिनटार, ११ असार । चितवनको इच्छाकानमना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यूवाहरुलाई स्वयंसेवक शिक्षकको परिकल्पना गरेको बताउनुभएको छ । सार्वजनिक शिक्षा सवलिकरणमा युवा परिचालनका लागि स्वयंसेवक विकास कार्यक्रमको आज उद्घाटन गर्दे अध्यक्ष गुरुङले विद्यालयमा प्रयाप्त जनशक्ति नभएकोले स्वंवसेवक शिक्षक आवश्यक रहको बताउनुभएको हो ।
अध्यक्ष गुरुङले भन्नुभयो, ‘हामीले स्वयंसेवक शिक्षकको पनि परिकल्पना गरेका छौँ, जोश जांगर भएका युवा भाइबहिनीहरुलाई कतैन कतै स्वंयसेवकको रुपमा परिचालन गर्न सकियो भने शिक्षामा सुधार ल्याउन सकिन्छ , समाजमा गुणस्तरीय शिक्षाको कुरा उठिरहेको र भरपुर म्यानपावर नभएको अवस्था छ, विद्यालयहरुमा कक्षा अनुसार र विषयगतरुपमा पनि शिक्षक छैन । आफ्नो गाउँको विद्यालयको शैक्षिक सुधारका लागि यूवाहरुमा स्वंयसेवक भएर सेवा गर्ने भावनाको पैदा गर्नुपर्छ । त्यसकालागि गाउँपालिकाले कस्तो किसिमको सहयोग गर्नुपर्ने हो तयार छौँ, तपाई युवाहरुबाट सल्लाह सुझावको अपेक्षा गरेका छौँ ।’
विशेष गरि शिक्षकहरु विरामी हुदाँ विद्यालयका शिक्षिकाहरु सुत्केरी भएको अवस्थामा लामो समय विदा दिनुपर्ने भएकाले त्यस्तो अवस्थामा स्वंयसेवक शिक्षकहरुले कक्षा सञ्चालन गर्नसकिने बताउनुभयो । । यस कार्यक्रमले युवाहरुमा स्वंयसेविका बन्ने भावना पैदा हुनेमा विश्वास पनि व्यक्त गर्नुभयो । अध्यक्ष गुरुङले गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिइने बताउनुभयो ।

राष्ट्रिय यूवा परिषदका प्रशासकिय  अधिकृत रमाकान्त शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सार्वजनिक शिक्षा सवलिकरणमा युवा परिचालनका लागि स्वयंसेवक विकास कार्यक्रम सुरुवात गरिएको बताउनुभयो । यस कार्यक्रम अन्तरगत स्वंयसेवक युवाहरुले विद्यालयमा हुनुपर्ने र हाल भइरहेको अवस्था बारे त्याहाँको शैक्षिक गुणस्तर, भौतिक अवस्थाका बारेमा जानकारी लिई विद्यालयका शिक्षक अभिभावहरुसंग छलफल गरि उक्त फर्ममा भरिएको विवरण गाउँपालिकामा बुझाउने र त्यसैको आधारमा गाउँपालिकाले गाउँ शिक्षाका योजनाहरु निर्माण गरिने बताउनुभयो । यसो गर्दा गाउँपालिकाले कहाँ कहाँ कमजोरी रहेछ भन्ने थाहा हुने र कसरी सुधार गर्न सकिन्छ भन्ने पिक्चर थाहा हुने भएकाले बास्तविक समस्या पहिचान गरि सुधारका लागि योजना बनाउन सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलावल, वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपाल, राष्ट्रिय युवा परिषद सानोठिमिका उपसचिव चन्द्रा थापा , गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सालिकराम बस्याल,शिक्षा शाखा प्रमुख दुर्गा खड्का लगायतको उपस्थिति रहेका थिए ।
इच्छाकामना गाउँपालिकाको सहकार्यमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद सानो ठिमि भक्तपुरले आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिकाका ५० जना युवाहरु सहभागी छन् ।