
चितवन : चितवनमा १०१ युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवाहरु नेपाली कांग्रेस छाडेर शुक्रवार एमालेमा प्रवेश गरेका हुन् नेपाली काङ्ग्रेस २९ नम्बर वार्डका पूर्व सभापतिका छोरा पूर्णबहादुर गुरुङ्गको नेतृत्वमा उनीहरु एमालेमा प्रवेश गरेका गरेको नेकपा एमालेले जनाएको छ ।
एमालेका पोलिट्व्युरो सदस्य देवी ज्ञवालीले उनीहरुलाई पार्टीमा प्रवेश गराउनु भएको हो । एमालेमा दिनानुदिन पार्टी प्रवेशको क्रम चलिरहेको बताउदै कार्यक्रममा ज्ञवालीले एमाले देशकै पहिलो राजनीतिक शक्ति भएको बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा एमाले चितवनका पूर्व अध्यक्ष कृष्णभक्त पोखरेलको समेत उपस्थिति थियो ।