कुरिनटार- स्थानियतह निर्वाचन अन्तर्गत आज कार्यतालिका अनुसार मनोनयन फिर्ता लिने अन्तिम दिन इच्छाकामनामा गाउँपालिकामा स्वतन्त्र मार्फत उम्मेद्बारी दिएका ५ जनाले आफ्नो उम्मेद्बारी फिर्ता लिगेका छन।                                                                                                                                                                         सत्तापक्षीय गठबन्धन सङ आबद्धहरु मध्य ५ जनाले आफ्नो उम्मेद्बारी फिर्ता लिगेका हुन। फिर्ता लिनेहरुमा नेपाली काँग्रेसका उम्मेद्वार अध्यक्षका विरुद्ध वागी दिएका बिमला श्रेष्ठ, गठबन्धनका उम्मेद्वार विरुद्ध वडा नं. ३ का वडाध्यक्षमा वागी दिएका गगन बहादुर गुरुङ, गठबन्धनका उम्मेद्वार विरुद्ध वडा नं. ५ का वडाध्यक्षमा वागी दिएका विष्णुकुमार कुँवरका साथै गठबन्धनकै उम्मेद्वारहरु विरुद्ध वडा नं. ५  सदस्यमा वागी दिएकि सावित्री पुडाशैनी र वडा नं. ७ का सदस्यमा वागी दिएका रेशम तामाङले समयसीमा भित्र उम्मेद्वारी फिर्ता लिएको छ।

यद्यपी गठबन्धनका उम्मेद्वार विरुद्ध स्वतन्त्र रुपमा वागी उम्मेद्वारी दिएका अध्यक्ष उम्मेद्वार बिक्रम श्रेष्ठ र वडा नं. ५ का वडाध्यक्ष उम्मेद्वार जित बहादुर थापा लगायत केही सदस्यहरुले भने उम्मेद्वारी फिर्ता लिएका छैनन्। निर्वाचन आयोगले आजै उम्मेद्बारहरुलाइ चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।