गोरखा :  गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल भएको छ । दुई दलबीच पालिका केन्द्रको अध्यक्ष र उपाध्यक्षमा तालमेल भएको हो । पालिका अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना (साकार) र उपाध्यक्षमा जसपाबाट भीमप्रसाद श्रेष्ठ चुनावमा होमिने सहमति बनेको हो ।

पालिका केन्द्रमा मिलेर जाने दुई दलबीच आन्तरिक लिखित सहमति भइसकेको छ । सहमतिअनुसार उम्मेदवारी दर्ता गराएका माओवादी र जसपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
माओवादीबाट उपाध्यक्षका उम्मेदवार पार्वती गुरुङ र जसपाका अध्यक्षका सुनमाया आलेले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

गण्डकी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष जसपालाई दिनेगरी सहमति भएको माओवादी केन्द्र गण्डकी गाउँपलिकाका अध्यक्ष सीताराम रसाइलीले जानकारी दिए ।