
मुग्लिन : आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट ९ जनाले दावी गरेका छन्। आज बसेको पार्टीको वडा कमिटि बैठकमा ९ जनाले वडाध्यक्षमा दावी गरेको हो।
वडाध्यक्षमा दावी गर्नेहरुमा बहालवाला वडाध्यक्ष मोदराज सिलवाल, वडा सदस्य बलराम त्रिपाठी, वडाकार्यालयको लागि जग्गा दान गर्ने जग्गादाता जित बहादुर राना मगर, कृष्ण गुरुङ, इस्लामदिन मिया, केशव सिलवाल, श्रृजना बस्यौला देवकोटा, सावित्री पुडासैनी खनाल र लक्ष्मी श्रेष्ठ प्रजा रहेको पार्टी स्रोतले जानकारी दिएको छ।