
काउले : आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इच्छाकामना वडा नम्बर २ को वडाध्यक्षमा प्रकाश बुढाथोकीलाई उम्मेद्वारी बनाउने भएको छ । आज बसेको वडा कमिटीको बैठकले बुढाथोकीको नाम टुंगो लगाएको हो । बुढाथोकी २०७४ को स्थानिय तहको चुनावमा विजयी नेकपा एमालेका पञ्च बहादुर चेपाङको निकटतम प्रतिद्वन्दी हुनुभएको थियो ।