
इच्छाकामना, २२ चैत । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले नमुना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रा पालक कृषकहरुलाई आर्थिक सहयोग गरेका छन् । इच्छाकामना गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दियालो परिवार नारायणगढद्वारा सञ्चालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तरगत नमुना खोर निर्माण तथा खोर सुधारका लागि रकम हस्तान्तरण गरेका हुन् ।
मंगलबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले वडा नम्बर १ का ३३ जना बाख्रा पालक कृषकलाई जनही रु १० हजारका दरले रकम हस्तान्तरण गर्नुभयो । । ज्यान्दाला,तोवाङ र मेत्राङका बाख्रा पालक कृषकहरुलाई अनुदान हस्तान्तरण गर्नुभएको हो ।
यसैबिच उत्कृष्ट खोर बनाउने ३ समूहलाई २५ हजारका दरले रकम हस्तान्तरण गरिएको छ । गाउँपालिकाका ७ वटै वडामा गरि ५२ बाख्रा पालक कृषक समूह निर्माण गरि काम भइरहेको छ । हाल सम्म ३९ जना बाख्रा पालक कृषकलाई रकम वितरण गरिसकेको अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाको ५२ समूहका १३० जना बाख्रा पालक कृषकलाई खोर सुधारका लागि अनुदान दिईने अध्यक्ष गुरुङले बताउनुभयो ।
गाउँपालिकाका जनताको जीवन स्तर सुधारका लागि लागि गाउँपालिकाको निति तथा कार्यक्रम अन्तरगत गरैरसकारी संस्था हेफर नेपालसंग तीन बर्षभित्र रु एक करोड ५२ लाख खर्च गर्ने गरि सम्झौता भएको छ । जस मध्ये समाझेदारी संस्थाले २५ प्रतिशत र प्राविधिक सहयोग गर्ने छ ।
गाउँपालिकाले युवा र बाबु समूह गठन गरि आर्थिक सुधारका लागि आधार शिला तालिम दिइने अध्यक्ष गुरुङले बताउनुभयो ।