भूम्लिचोक,२१ चैत । गोरखाको गण्डकी गाउँपालिकाले प्रहरी चौकीलाई मोटरसाइकल सहयोग गरेका छन् । दैनिक सेवा प्रभावलाई थप प्रभावकारी बनाउन भूम्लिचोकमा रहेको प्रहरी चौकीलाई एक थान मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले एक कार्यक्रमकाबिच प्रहरी चौकीलाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो । दैनिक सेवालाई थप प्रभावकारी बनाउदै समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम हुने अपेक्षा सहित प्रहरी चौकी भूम्लिचोकलाई गाउँपालिकाले एक थान मोटरसाइकल हस्तान्तरण गरिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।