ढुंग्रे : चितवनको इच्छाकामना ६ को वडा कार्यालयले निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । लायन्स क्लबको सहयोगमा वडा कार्यालयले चण्डी भञ्ज्याङ स्वास्थ्यचौकी ढुंग्रेमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
चितवन तथा गैडाकोटमा रहेका १३ वटा लायन्स क्लबको सहकार्य र लायन्सस क्लब अफ बैद्धिकनगरको संयोजकत्वमा एक दिने निशुल्क शिविर गरिएको थियो

उक्त शिविरमा ४५० जनाले स्वास्थ्य जाँच गराएका थिए । उक्त शिविरमा आाखा जाँच गर्दा २५ जनामा मोतिय बिन्दु देखा परेका थिए । ती मध्ये २२ जनाको बुधबार भरतपुर आँखा अस्पतालमा निशुल्क अप्रेशन गरिएको वडाध्यक्ष भूपेन्द्र चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ६ र २ का स्थानीले उक्त स्वास्थ्य शिविरबाट लाभ लिएको अध्यक्ष चेपाङले बताउनुभयो ।
साथै उक्त शिविर महिलामा देखा पर्ने रोग सम्बन्धी र विद्यार्थीहरुको दाँतको सम्बनधीत विशेषज्ञ डाक्टरहरुबाट परिक्षण तथा उपचार गराएका थिए । २० जनाको दाँत निकालिएको थियो भने अन्य १० जनाको दाँतको उपचार भरतपुरमा उपचार गरिने जनाएको छ ।