कुरिनटार : इच्छाकामनाका इश्वरविलास अधिकारी नेकपा माओवादी केन्द्रनिकट रहेको नेपाल बुद्धिजीवी संगठन बागमती प्रदेशको सदस्यमा अधिकारी निर्वाचित हुनुभएको छ । प्रगती पाठशाला कुरिनटारका सहायक प्रिन्सिपल समेत रहनुभएका अधिकारी संगठनको प्रदेश समिति सदस्यमा निर्वाचितहुनुभएको हो ।
संगठनको दोस्रो सम्मेलनले समितिमा उपाध्यक्षसहित चितवनका ८ जना निर्वाचित भएका छन् । चितवनका अन्य सदस्यमा ईश्वरचन्द्र पौड्याल ‘आईसिपी’, गोकर्ण सापकोटा, केदार बराल, गंगा भट्टराई, गोकुलप्रसाद भट्ट र बुद्धिनाथ ढुंगाना निर्वाचित भएका छन् ।
सम्मेलनले कृष्ण कोपिला (सिन्धुपाल्चोक) को अध्यक्षतामा ७५ सदस्यीय बागमती प्रदेश समिति गठन गरेको छ ।