
धादिङ : धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा बेनीघाट रोराङका राम कुमार डल्लाकोटी निर्वाचित हुनुभएको छ । जोगीमारा कन्ट्रक्सन एण्ड सप्लार्यस प्रालिका प्रोपाइटर समेत रहनुभएका युवा व्यवसायी डल्लाकोटी धादिङ उद्योग वाणिज्य संघको २८ औँ साधारण सभा तथा १० औँ अधिवेशनबाट डल्लाकोटी वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।