काठमाडौं : हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रवार दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहे पनि अन्य भू(भागको मौसम सामान्यतः सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा दिउँसो र साँझ हावाहुरी‚ चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

राति देशको पहाडी भू(भागमा सामान्यतः बदली र अन्य भू(भागमा मौसम सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना छ।