इच्छाकामना: चितवनको इच्छाकामनामा पनि विश्व पानी दिवस मनाइएको छ । भुमिगत जलस्रोतको संरक्षणर सम्वर्धनगरौ ”भन्ने नाराका साथ वाइनटुवाटरको आयोजनामा पानी इच्छाकामनाको वडा नम्बर २को तोबाङ र तोलाङमा विश्व पानी दिवस मनाइएको हो ।
करिब ६० घरधुरीले भूमिगत जलस्रोतको सरंक्षण तथा सम्बर्धन गर्ने उद्देश्यले रिचार्जपोखरी र रिचार्ज पिट्स बनाई दिन भरिनै यो विश्व पानी दिवस मनाइएको वायन टु वाटरका वास संयोकज यज्ञ जोशीले जानकारी दिनुभयो । यसबाट पोखरी बनाउने पुरानो प्रविधिको पुनस्र्थापना गर्नुको साथै जमिनमुनिको पानीको सतहको संरक्षण गर्न समुदायमा जनचेतना जनाउँन सहयोग गरेको वास संयोजक जोशीले बताउनुभयो । ।वाइन टु वाटर नेपाल को आयोजनामा संचालित यो कार्यक्रममा इच्छाकामना–२ का वडा सदस्य बुद्धिमान गुरुङ लगायतको सहभागितारहेकोथियो।

स्वच्छ पानीको महत्वमा ध्यान केन्द्रित गर्ने र ताजा पानीको स्रोतको दिगो व्यवस्थापनको वकालत गर्ने उद्देश्यले सन१९९३देखी हरेक वर्ष २२मार्चमा विश्व पानी दिवस मनाइन्छ यस दिनलाई सुरक्षित पानीमा पहुँच विहीन रहेका २.२अर्ब मानिसलाई सचेतना जगाउने उद्देश्यले विश्वभर पानीको महत्व दर्साउँदै ताजा पानीको स्रोतहरूको दिगो व्यवस्थापनको लागि बिभिन्न कार्यक्रम गरेर मनाइने गरेको पाईन्छ ।
यस वर्षको थिम“भुमिगत जलस्रोतको संरक्षणर सम्वर्धनगरौ ”भन्ने रहेकोछ ।भूमिगत जलस्रोत अदृस्य भएपनि यसको प्रभाव निकै महत्वपूर्ण छ।पृथ्वीको लगभग ३५ पानी मात्र ताजा छ।त्यसैले हामीले यी महत्त्वपूर्ण जलस्रोतहरूको व्यवस्थापन रसंरक्षणमा अझ सक्रिय भूमिका खेल्नुपर्छ ।भूमिगत जल रिचार्ज जलस्रोतहरू संरक्षण गर्ने एउटा महत्वपूर्ण उपाय हो जहाँ रिचार्जले केवल भूजलस्रोतहरूका पुनःपूर्तिलाई जनाउँछ ।