
धादिङ : नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनीघाट रोराङ १० का वडा सदस्य विर बहादुर चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमकाबिच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई प्रमुख अतिथि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुरेन्द्र चेपाङ लगायतले खदा र टिका लगाई पार्टीमा प्रवेश गराएका हुन् । उनलाई आजै पार्टी सदस्यता प्रदान समेत गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश प्रतिनिधि तथा धादिङ क्षेत्र नम्बर १ ख का कार्यमिति सदस्य सन्तोष पौडेल, नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ लगायतको उपस्थिति रहेका थिए ।
कार्यक्रम जिल्ला सह–सचिव क्रान्ती डल्लाकोटीले सञ्चालन गरेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस बेनीघाट रोराङ १० का सभापति उत्तम घलेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।