
कुरिनटार,१ चैत । चितवनको इच्छाकामना ४ करिनटारका टोम कुमारी सिलवाल (शर्मिला)ले आफ्नो जन्मदिनको अवसरमा सर्वशान्ति क्याम्पस कुरिनटारमा वृक्षारोपण गर्नुभएको छ ।
क्याम्पस प्रमुख भबिश्वर गुरुङ, क्याम्पस ब्यवस्थापन सदस्य दीपक खनाल ,प्राध्यापक प्रकाश पौडेल,टेक बहादुर अधिकरी,सामाजिक व्यक्तित्व माधव प्रसाद खानाल लगायतको उपस्थितिमा क्याम्पस परिसरमा धुपीको विरुवा वृक्षारोपण गरि जन्मदिन मनाउनुभएको हो ।
कार्यक्रममा बोल्दै सिलवालले केक काटेर तामझामका साथ पार्टि गरेर मनाउनु भन्दा हरेक व्यक्तिले जन्मदिनको अवसरमा वृक्षारोपण गरेमा स्वच्छ वातावरण बनाउन केही सहयोग मिल्ने बताउनुभयो । साथै सिलवालले जन्मदिनको अवसरमा प्रत्येक बर्ष वृक्षारोपण गर्ने बताउनुभयो । क्याम्पस प्रमुख भविश्वर गुरुङले क्याम्पसमा जन्मदिनको अवसरमा पहिलो पटक प्रशंसनिय कार्य गरेकोमा सिलवाललाई धन्यावाद दिनुभयो ।