चितवन : अखिल नेपाल महिला संघ क्रान्तिकारी (अनेमसंघ) इच्छाकामना १ को अध्यक्षमा सन्त कुमारी चेपाङ चयन हुनुभएको छ । आज सम्पन्न भेलाले सन्तकुमारी चेपाङको नेतृत्वमा २१ सदस्यिय वडा कमिटी गठन गरिएको हो ।

भेलाले उपाध्यक्षमा सन्त कुमारी चेपाङ,सचिवमा सोममाया चेपाङ, सह–सचिवमा सानिमाया चेपाङ र कोषाध्यक्षमा बिष्णु पौडेललाई चयन गरेका छन् ।
बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र वागमती प्रदेश सदस्य प्रताप गुरुङ, सावित्री सिलवाल,बागमती प्रदेश परिषद सदस्य प्रकाश पोखरेल, इच्छाकामनाका अध्यक्ष हरि बहादुर थापा, अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवाल, वायसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङ लगायतको उपस्थिति रहेका थिए ।