चितवन : चितवनको इच्छाकामना दुर्घटनाका पीडित पक्षले क्षतीपुर्तीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । क्षतीपुर्तीका लागि ठक्कर दिने सवारीका धनीले छलफलमा समेत चासो नदेखाएपछि पीडित पक्षले शव नबुझेका हुन् ।

शुक्रबार विहान शक्तिखोर –फिस्लिङ सडकखण्ड अन्तरगत इच्छाकामना गा.पा २ वल्र्याङबाट शक्तिखोर तर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकललाई विपरित दिसाबाट आउदै गरेको ना १ क ८१०८ नम्बरको ट्याङ्कक र एकापसमा रमाइलो डाडाँमा ठोक्किदाँ मोटरसाइकलमा सवार इच्छाकामना ३ का ३० बर्षिय तृर्की गुरुङ र उनकी छोरा ५ बर्षिय आरोन गुरुङ र इच्छाकामना.२ बस्ने बर्ष २४ को नविन गुरुङको मृत्यु भएका थिए । ठोक्किएपछि मोटरसाइकल सडकबाट ३०० मिटर तल खसेका थिए । उनिहरुको घटनास्थदमै मृत्यु भएका हुन् ।
शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । पीडत पक्ष र सवारी साधनका धनीसंग क्षतीपुर्तिका लागि कुरा नमिलेपछि पोष्टमार्टम समेत हुननसकेको स्थानीय टिका गुरुङले बताए । अहिले इलाका प्रहरी कार्यालय टाँडीमा छलफल भएपनि सहमती हुन सकेको छैन ।
मृतकका आफन्त र इच्छाकामनाका स्थानीयहरुले उचित क्षतीपुर्ती उपलब्ध नगराए सम्म सब नबुझ्ने अडान लिएका छन् । स्थानीय टिका गुरुङले आफुहरुले आजै टुंगो लगाउन माग गरेपनि ठक्कर दिने सवारी धनीले भने भोली मात्र छलफलमा बस्ने बताएको र छलफलका लागि चासो नदेखाएको बताए ।
अहिले टयाङकर र चालक रत्ननगर नगरपालिका ११ का सन्तराम दराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।