चितवन ः प्रहरीले वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । फागुन २३ गते पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ३ का वडाध्यक्ष टीकाराज रिजालको कार्यकक्षभित्र अनधिकृतरुपमा प्रवेश गरी दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको हा ।

वडाध्यक्ष रिजालको कार्यकक्षमै ६/ ७ जनाको समूहले कालोमोसो दलेर जुत्ताको माला लगाउने प्रयास गरी फरार रहेकामध्ये दुई जना पक्राउ परेका हुन् ।प्रहरीका अनुसार राप्ती नगरपालिका वडा नं ४ भण्डाराका ३७ वर्षीय गुणराज श्रेष्ठ र ३७ वर्षीय सागर राईलाई फागुन २७ गते मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं ३ स्थित राईटोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।