कुरिनटार : चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । शक्तिखोर फिस्लिङ सडकखण्ड अन्तरगत इच्छाकामन गा.पा २ वल्र्याङबाट शक्तिखोर तर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल उपर्दाङगढी नजिकै . वडा नम्बर २ रमाइलो डाडाँमा शुक्रबार साँझ ५ बजे दुर्घटना हुदाँ घटना स्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा चितवनको इच्छाकामना ३ का ३० बर्षिय तृर्की गुरुङ र उनकी छोरा ५ बर्षिय आरोन गुरुङ र इच्छाकामना२ बस्ने बर्ष २४ को नविन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । नविन गुरुङ भने नाताले तृकि गुरुङकी भदै हुन् ।
मोटरसाइकल सडकबाट अन्दाजी ३००/४०० मिटर तल खसी दुर्घटना भएको हो । उनिहरुको शवलाई उद्वार गरी पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने स्थानियले पानी बोक्ने ट्यान्करले ठक्कर दिए पछि दुर्घटना भएको आरोप लगायका छन।
यसैबिच प्रहरीले ना १ क ८१०८ नम्बरको ट्याङ्ककरलाई नियन्त्रणमा लिएको छ । उक्त मोटरसाइकललाई ठक्कर दिएको स्थानीयको आरोपपछि ट्याङ्ककरलाई नियन्त्रणमा लिएको हो ।