कुरिनटार,चितवनको इच्छाकामना २ को वडा कार्यालयले सम्मान तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।वडा कार्यालयले पूर्व जनप्रतिनिधिहरु, पूर्वप्रधान पञ्च, उप–प्रधानपञ्च,गाविस अध्यक्ष, वडाध्यक्ष, पुर्व वडा सचिव लगायतका कर्मचारी र विभिन्न संघसंस्था लगायतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त सम्मान कार्यक्रमको प्रशंसा गरेका थिए । यस साविकको काउले गाविस र चण्डिभञ्ज्याङ गाविस भित्र रहेका पूर्व जनप्रतिनिधि कर्मचारीलाई उनिहरुले पु¥याएको योगदानको सम्मानले अझै पनि यस क्षेत्रमा आफुहरुले केही योगदान दिनका लागि हौसला मिलेको बताएका थिए ।
उनिहरुले वडा अध्यक्ष पञ्च बहादुर चेपाङ र वडा सचिव तथा राजश्व शाखा प्रमुख रिता अर्याल नेपालको प्रशंसा गरेका थिए ।
कार्यक्रममा महिला स्वंयसेविकाको तर्फबाट मैयाँ बुढाथोकी, टोलविकास संस्थाका तर्फबाट रिग्दी फुलबारी टोल विकास संस्थाका पूर्ण बहादुर गुरुङ, राष्ट्रिय आधारभूत विद्यालयका प्रअ पदम बहादुर चेपाङ, जनप्रिया माविका सहायक प्रअ दिनेश अधिकारी, महिला समूहको तर्फबाट कमला भण्डारी लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।
साथै वडा सदस्य माया गुरुङले आफु पुन यही क्षेत्रमा निर्वाचित भएर काम गर्न चाहेको बताउनुभयो । वडाध्यक्ष पञ्च बहादुर चेपाङले यस वडामा महत्वपूर्ण योगदान पु¥याएका पूर्व जनप्रतिनिधि , कर्मचारी लागयत विभिन्न संघसंस्थाहरुलाई सम्मान गर्न पाउदाँ खुशी लागेको बताउनुभयो ।
वडा नम्बर ३ का अध्यक्ष गोवद्र्धन अधिकरीको प्रमुख अतिथि तथा वडाध्यक्ष पञ्च बहादुर चेपाङको सभापतित्वमा कार्यक्रम सम्पन भएको हो । कार्यक्रम वडा नम्बर २का सचिव तथा राजश्व शाखा प्रमुख रिता अर्याल नेपालले सञ्चालन गर्नुभएको थियो ।