चितवन : चितवनमा नदिजन्य पदार्थको अवैध चोरी कार्यमा संलग्न २० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इच्छकामना ७ भालुमारामा आज बिहान नदिजन्य पदार्थको उत्खनन तथा ओसार पोसार गरिरहेको अबस्थामा ४ वटा जेसिवी, लोड गरिसकेका १० वटा टिफर र ६ वटा ट्रयाक्टर गरी २० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय भरतपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
एसपी नवराज अधिकारी चितवन आएसगैँ अवैध धन्दामा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । यस अघि पनि चितवनमा हाल सम्मकै ठूलो परिणाममा राजश्व छली गरि ल्याएको कपडा बरामद गरिसकेको छ ।