मुग्लिन : चितवनको इच्छाकामनामा ३३ जनाले रक्तदान गरेका छन् । चितवन जिल्ला बचत सहाकरी संस्था संघ लिमिटेडको आयोजना तथा इच्छाकामना सहकारी संघको समन्वयमा मुग्लिनमा सम्पन्न रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका हुन् ।
चितवन जिल्ला बचत ताथा ऋण सहकारी संघ लिमिटेडको रजत महोत्सव समारोहको अवसरमा बहत् रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान दान नै जीवन दान हो भन्ने मुल नाराका साथ गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यतामा रक्त दान कार्यक्रम सम्पन्न भएको हो ।