तनहुँ : तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।
अहिले व्यास नगरपालिकाका सहित दुई दमकलले आगो निभाउन निरन्तर प्रयास गरिरहे पनि निभ्न सकेको छैन । बरु नजिकै भएका घरहरु र गोदामको सामानका कारण आगो फैलिरहेको छ ।के कारणले आगलागी भएको हो थाहा हुन नसकेको प्रहरीले जनाएको छ।