कुरिनटार- बाबुराम भट्टराईको नेतृत्वमा रहेको जनता समाजबादी पार्टीको इच्छाकामना गाउँपालिका कमिटी माओबादीकेन्द्रमा समाहित भएको छ।
माओबादीकेन्द्र इच्छाकामना गाउँपालिका स्तरिय बिस्तारित बैठकको अबसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी बाग्मती प्रदेश माओबादी केन्द्रका अध्यक्ष सरल सहयात्रीको हातबाट टीका लगाइ जसपा अध्यक्ष सहित गाउँकमिटी नै माओबादिमा समाहित भएको घोषणा गरिएको थियो। कार्यकममा नेकपा एमालेका पुराना नेता तथा २०५४ सालको स्थानिय चुनावमा एमाले बाट निर्वाचित वडा सदस्य रामचन्द्र त्रिपाठी पनि सरल सहयात्री कै हात बाट टीका ग्रहण गरि माओबादी केन्द्रमा प्रवेश गर्नुभएको छ।