कुरिनटार : चितवनको इच्छाकामनामा पनि २७ औँ जनयुद्ध दिवस मनाइएको छ । माओवादी केन्द्र इच्छाकामना गाउँकमिटीको आयोजनामा वडा नम्बर ४ कुरिनटारमा दीप प्रज्वलन गरि जनयुद्ध दिवस मनाइएको हो ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रताप गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्रका गाउँ कममिटी अध्यक्ष हरि बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य सावित्रा सिलवाल लगयतको उपस्थिति रहेका थिए ।
गाउँकमिटी सचिव रामहरि कडेँलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमम सयौँ स्थानीय कार्यकर्ता तथा पार्टी शुभचिन्तकहरुको उपस्थिति रहेका थिए ।