
चितवन : चितवनको मुख्य बजार नारायणगढको लायन्सचोकमा अवस्थित एक होटलमा गैरकानुनी क्रियाकलापमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
जिला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार भरतपुर २ लायन्सचोक स्थित कल्पना होटल एण्ड लजमा गैरकानुनि क्रियाकलाप गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।यौनजन्य गतिविधिमा संलग्न रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालिका नवलपुरासी देवचुली २ घर भएकी ४० वर्षीय कल्पना महरा, भारत बिहार राज्य समस्तिपुर घर भइ हाल भरतपुर महानगरपालिका २ मा डेरा गरि बस्ने वर्ष १९ को मोहम्मद इम्तियाज, भरतपुर महानगरपालिका १ बस्ने वर्ष १९ को सन्जोग महरा, जिल्ला नवलपरासी बौदिकालि गाउँपालिका ५ बस्ने वर्ष २१ को मुस्कान ठकुरी , भरतपुर महानगरपालिका ७ बस्ने वर्ष २४ कि रोशनि मगर रहेका छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ।