
चितवन : पूर्वी चितवनमा कुखुरामा लाग्ने बर्डफ्लू देखिएको छ । राप्ती नगरपालिका६ मा रहेको अनिता पशुपंक्षी तथा कृषि फर्ममा रहेका कुखुरामा वर्डफ्लु ‘एच’ भेटिएको हो। कुखुरा मर्न थालेपछि कुखुराको स्वाब निकालेर परिक्षण गर्दा वर्डफ्लु भएको पुष्टि भएको हो।
उक्त फार्ममा रहेका दुई हजार कुखुरा नष्ट गर्न थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले बताए। ‘कुखुरामा वर्डफ्लु भेटिएपछि त्यस फार्मदेखि वरपर सय मिटरसम्मका पंक्षी नष्ट गर्ने निर्णय भएको छ,’ उनले भने, ‘आज कुखुरा नष्ट गर्दैछौ।’
जिल्ला वर्ड फ्लु रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर खोरमा भएका कुखुरा नष्ट गर्ने निर्णय गरेको हो। बैठकले दुई किलोमिटरसम्मको क्षेत्रमा निगरानी राखेर त्यस क्षेत्रका पंछीको बेचविचखनमा रोक लगाएको छ।