कुुरिनटार: चितवनको इच्छाकामना ३ र ४ मा भोलीदेखि सोलार जडान गरिने भएको छ । वडा नम्बर ४ को कुरिनटार, लेवाटार र रमाईलो डाडाँ र वडा नम्बर ३ को कुनिघाट , चुमखोला र चुम्लिङ्गटारमा भोलीदेखि सोलार जडान कार्य सुरु गरिने गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो । ८७ वटा पोलमा सोलार जडान गरिने उहाँले बताउनुभयो । गाउँपालिकाको आर्थिक बर्ष २०७८/७९ को बजेटबाट रु ५१ लाखको लागतमा सोलार जडान गरिने भएको हो । गाउँपालिकाले रु.७१ लाखमा टेन्डर आवहान गरेका थिए । रु ५१ लाखमा एक्वा फ्रेस नेपाल एण्ड सोलार प्रा.लि.ले ठेक्का पाएका हुन् । एक महिनाभित्र सोलार जडान कार्य सम्पन्न गरिने एक्वा फ्रेस नेपाल एण्ड सोलार प्रा.लि.ले जनाएको छ ।
यस अघि वडा नम्बर ३ को फिस्लिङ्गमा सोलार बत्ती जडान गरिसकेको छ ।