कुरिनटार : टाटा सुमोको ठक्करबाट एक जना घाइते भएका छन् ।पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटारमा नारायणगढबाट काठमाण्डौँ तफ जादैँ गरेको बा २ झ २८५३ नम्बरको टाटा सुमोले आज विहान ११ बजे ठक्कर दिदाँ कुरिनटार निवासी निरा बोहोरा घाइते भएकी हुन् ।
ट्रमा सेन्टर कुरिनटारमा प्राथमिक उपचारपछि थप उपचारका लागि घाइते बोहोरालाई हेलिकप्टरबाट काठमाडौँको हेम्स अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरकिा अनुसार घाइतेको अवस्था मध्याम रहेको छ । टाउकोमा भित्री चोट लागेको छ । चालक र ठक्कर दिने सवारी साधनलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।
स्थानियले झण्डै एक घण्टा राजमार्ग अवरुद्ध पारेका थिए ।