मनकामना : ग्लोबल आई.एम.ई बैँकले मनकामना क्षेत्र विकास समिति गोरखालाई स्वास्थ्य सुरक्षकाा सामाग्री सहयोग गरेका छन् ।कोभिड- १९ रोकथाममा सहयोग पु¥याउने उदेश्यले मनकामनामा आउने भक्तजन तथा दर्शनार्थीहरुको सेवामा खटीने क्षेत्रविकासमा कार्यरत कर्मचारीहरुका लागि बैँकको मनकामना शाखाले २० लिटर स्यानिटाइजर र ४ हजार वटा सर्जिकल मास्क सहयोग गरेका हुन् । मनकामना क्षेत्रविकास समिति गोरखाका अध्यक्ष रामकुमार जोशीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।