
चितवन,२९ पुस । पश्चिम चितवनका पत्रकाहरु संगठित बनेका छन् । आज बिहीबार भएको पश्चिम चितवनका पत्रकारहरुको बृहत भेलाले २३ सदस्यीय पत्रकार मञ्च गठन गरेको हो ।
भेलाले अपिल घिमिरेको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अनिल भट्टराई र दीपा गौतम, सचिवमा हेमराज रिमाल, सहसचिवमा विवेक पोख्रेरल र विनिता श्रेष्ठ, कोषाध्यक्षमा रविन सुवेदी चयन हुनु भएको छ ।
सदस्यहरुमा रामशरण गैरे, प्रकाश लामिछाने, हिरालाल आचार्य डायमण्ड, लक्ष्मी ढकाल, पुनम थापा मगर, सविता अधिकारी, समीर चापागाई, अविरल यात्री अधिकारी, देउबहादुर थापामगर, रमेश घिमिरे, किरण सापकोटा प्रेम, सुरज परियार, पुजा ढकाल, भानुभक्त रानाभाट, संगिता बानियाँ रहनु भएको छ । एक सदस्य कार्यसमितिले मनोनित गर्ने जनाईएको छ।
केही दिन अघि गठित ११ सदस्यीय कार्यसमिति भंग गरिएको छ । पश्चिम चितवनमा बसोबास भएका वा सो स्थानबाट पत्रकारिता गर्नेहरु एक्यवद्ध बनेका हुन् । भेलामा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवाल, प्रेस चौतारीका प्रदेश सदस्य सविता श्रेष्ठ, प्रेस सेन्टर बागमती प्रदेश सचिव सन्तोष देवकोटा, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रमिता ढकाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, उपाध्यक्ष सूर्य अधिकारी, कोषाध्यक्ष विप्लव काफ्ले, प्रेस चौतारी चितवनका सचिव मुकुन्द भुषाल, कोषाध्यक्ष बद्री अर्याल, प्रेस सेन्टर चितवनका सचिव रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।