
मुग्लिन : चितवनको इच्छाकामना ५ मुग्लिनमा रहेको त्रिवेणी बाराह माविबाट नक्कली शैक्षिक योग्यता प्रमाणपत्र (सर्टीसिफकेट) बिक्री गरेको खुलासा भएको छ । वि.स.. २०६८ सालमा ५ वटा विषयमा फेल भएकी सुनिता त्रिपाठी (सिम्बोल नम्बर ०३४५८४९एन) लाई विद्यालयले एसएलसीको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र (सर्टीफिकेट) उपलब्ध गराएको हो ।
तत्कालिन प्रधानाध्यापक बाबुलाल भट्टराईले समेत नक्कली सर्टीफिकेट वितरण गरेको स्वीकार गर्नुभएको छ । उहाँले बर्तमान प्रधानाध्यापक यूवराज लामाले आफ्नो किर्ते सही गरि वितरण गरेको सामाजिक सञ्जालमा लेख्नुभएको छ । सर्टीफिेकट शैक्षिक प्रमाणपत्र बेचेको आफु संग थप प्रमाण रहेको बताउँदै आवश्यक परे उपब्ध गराउने समेत जनाउँदै दोषीलाई कारबाही गर्न माग समेत गर्नुभएको छ ।