कुरिनटार : चितवनको इच्छाकामनामा पनि ३०० औँ पृथ्वीजयन्ती मनाइएको छ । वीर गोरखाली इच्छाकामना र इच्छाकामना एटिएफ फोर्सले इच्छाकामना ४ कुरिनटारमा र्‍याली र दीप प्रज्वलन गरि पृथ्वीजयन्ती मनाइएको हो ।
र्‍यालीमा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, चाहियो चाहियो राजा चाहियो देश बचाउन राजा चाहियो, नेपाली जनता के भन्छ राजा फिर्ताले भन्छ गणतन्त्र धोका जस्ता नारा लगाएका थिए ।
कुरिनटार बजारमा र्‍याली पछि साँझ दीप प्रज्वलन गरिएको कार्यक्रमका संयोजक सुर्य देव राजावादीले जानकारी दिनुभयो ।