चितवन : चितवनमा आज (मंगलबार) एकै दिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा २, कालिका नगरपालिकामा १ र इच्छाकामना गाउँपालिकामा १ गरि ४७ जना नयाँ संक्रमित थपिएका हुन् । सोमबार चितवनमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
हाल चितवनमा १६२ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ। तीमध्ये सात जना अस्पतालको आइसोलेसन केन्द्रमा उपचाररत छन् भने बाँकी १५५ जना होम आइसोलेसनमा उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
योसँगै चितवनमा कोरोना संक्रमितको कुल संख्या २७ हजार ३६८ पुगेको छ। मृत्यु हुनेको संख्या ४३७ जना पुगेको छ । २६ हजार ७६९ जना संक्रमणमुक्त भएको कार्यालयको तथ्याङ्गकमा उल्लेख छ ।