
गोरखा : ज्यान मार्ने उद्योगका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको आरुघाट गाउँपालिका–९ की २७ बर्षकी शर्मिला गुरुङ र उहाँकी ६ बर्षकी छोरी रोशिला गुरुङ बिरुद्ध ज्यान मार्ने उद्योग गरी फरार भएका दिपान्सु कुमार शाहलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
पक्राउ परेका साहले आरुघाट बजारमा खाजा नास्ता पसल सञ्चालन गर्दै आउनुभएकी गुरुङ र उहाँकी छोरी रोशिलालाई यही कात्तिक २६ गते रातको समयमा जवरजस्ती कोठामा सुती राखेको अबस्थामा साहले ढोका फोडी मरणासन्न हुने गरी कुटपिट गरी फरार भएका थिए । अत्याधिक मादक पर्दाथ सेवन गरी खाजा खाने बाहानमा पसल खोल्न दबाब दिएपनि पसल नखालेपछि उनले कोठाको ढोका फोडेर निर्धात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
भारतको मोतिहारी पूर्वी चम्पारण–२५, रक्सौल घर भएका साह आरुघाट–४, कोखटारमा घर निर्माणको काम गर्दै आएका थिए । नेपाल भारत सिमावर्ती क्षेत्रमा लुकिछिपी बस्दै आएका बेला उनलाई पक्राउ गरी गोरखा ल्याइएको उहाँले जानकारी दिनुभयो । कुटपिटबाट गुरुङ आमाछोरीलाई बेहोस अबस्थामा स्थानीयबासीले उद्धार गरी स्थानीय प्राथामिक स्वास्थ्य केन्द्रमा पु¥याइएको भएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौको ग्रिनसिटी अस्पतालमा पु¥याइएको थियो ।
कुटाइबाट घाइते भएका भएका दुवैजनाको शरिरका बिभिन्न भागमा गम्भीर चोट लागेको र केही दिनपछि मात्र होसमा आएको थियो । पक्राउ परेको साहलाई ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको डिएसपी दाहालले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।