
चितवन,१३ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रबाट पदाधिकारीको नाम पनि अनुमोदन भएको छ। सोमबार बिहान साढे ३ बजे सकिएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा आफ्नोसहित १९ जना पदाधिकारीको नाम पेस गरेका थिए।
उनले वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका हुन्। सोमबार बिहान ओलीले बन्द सत्रमा सहमतिका आधारमा वरिष्ठ उपाध्यक्षमा पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका हुन् । यी दुई पदका लागि नेताहरुबीच विवाद थियो ।
यस्तै उपाध्यक्षमा सुवास नेम्वाङ, रामबहादुर थापा, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलाई प्रस्ताव गरिएको छ ।
यस्तै उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरिएको छ । सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छबिलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ठ र पद्मा अर्यालको नाम प्रस्ताव गरिएको छ ।