
गोरखा, १२ मंसिर । नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिकाको अध्यक्षमा सिताराम रसाईली ‘मुक्ति’ चयन हुनुभएको छ । प्रथम गाउँ अधिबेशनले मुक्तिको अध्यक्षतामा ५५ सदस्ययि गाउँ कमिटी सर्वसम्मत चयन गरिएको हो।
सम्मेलनले उपाध्यक्षमा दानसिंङ गुरुङ र मिलन मगराती ‘संगम ’ र सचिवमा तुलसी रेग्मीलाई चयन गरिएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव प्रतिनिधि सभा सदस्य चुणामणी खड्का ‘प्रकाश’को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलन सम्पन्न भएको हो ।