धादिङ, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) बेनीघाट रोराङको अध्यक्षमा राजेन्द्रप्रसाद कडेँल कडेँल चयन हुनुभएको छ । शनिबार सम्पन्न प्रथम गाउँ सम्मेलनले कडेँलको अध्यक्षतामा सर्वसम्मत ५५ सदस्यीय गाउँ कमिटी चयन गरिएको हो । जसमा उपाध्यक्षहरुमा सङगीता पाण्डे ९विशुराल ०,रोशनकुमार सिलवाल ,हेमराज भुजेल , सचिवमा मणिराज गुरुङ ,सहसचिवमा शिवराज तिवारी र कोषाध्यक्ष कुमार वस्नेत रहेका छन् ।

यसैबिच विशालटारको चन्द्रोदय मावि स्कुलको खुल्ला चौरमा सम्पन्न सम्मेलनको अवसरमा नेकपा एमाले ,नेपाली कांग्रेस र राप्रपबाट १०० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई सम्मेलनका प्रमु्ख अथिति जिल्ला इन्चार्ज एवम् वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, र बिशेष अतिथी बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी र प्रदेश शभा निर्वाचन इन्चार्ज बिबेक थपलियाले माला र टिका लगाएर मआोवादी केन्द्रमा स्वागत गर्नुभएको हो ।

सम्मेलन खेम राज भुजेलको अध्यक्षतामा सम्पन्न भएको हो ।