कुरिनटार : कोरोना महामारीका कारण लामो समय बन्द भई सर्वसाधरणका लागि खुल्ला गरिएको गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दर्शनार्थीहरु आउने क्रम बढ्दै गएको छ ।आज( शनिबार) ११ हजार बढी दर्शनार्थीहरु मनकामना मन्दिर पुगेको मुल पुजारी इनशान थापाले जानकारी दिनुभयो। केबलकार, सडक र पैदल मार्ग गरि सो संख्यामा दर्शनार्थीहरु मन्दिर पुगेका हुन् ।
यसैबिच आज शनिबार मात्र ८ हजार जनाले केबलकार चढेका छन् । मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार कोरोना महामारीपछि एकै दिन ८ हजार जनाले केबलकार चढेको यो पहिलो पटक हो । गत शनिबार ६ हजार ७०० जनाले केबलकार चढेका थिए ।