कुरिनटार,३ मंसिर । विश्व चर्पी दिवसको अवसरमा चितवनको इच्छाकामनामा वक्तृत्वकला र सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वाईनटु वाटर नेपालले माध्यमिक विद्यालयका विद्यार्थीहरुबिच चर्पीलाई महत्व दिऔँ भन्ने विषयमा वक्तृत्वकला रविभिन्न वडामा सरसफाई कार्यक्रम सम्पन्न गरेका हुन् ।
चर्पी दिवसको अवसरमा आयोजना गरिएको माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगितामा त्रिवेणी वराहा मावि मुग्लिनका पुजन चेपाङ प्रथम हुनुभयो । यसैबिच राष्ट्रिय मा.वि.हात्तिबाङका किनारा पुरी द्धितिय, सर्वशान्ति मा.वि.का शिशिर श्रेष्ठ तृतिय र माझ गाउँ मा.वि.का झरना गुरुङ सान्त्वना भए ।
प्रथम, द्धितिय तृतिय र सान्त्वना हुने विद्यार्थीहरुलाई आयोजक वाईनटु वाटर नेपालले सरसफाईका सामाग्री र प्रमाणपत्र सहित पुरस्कृत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा शिक्षा शाखा प्रमुख खड्काले लेखेर पास हुनु मात्र शिक्षा नभएर अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न आवस्यक रहेको बताउनुभयो । उहाँले सानै उमेरका बालबालिकाहरुले कुनै विषयबस्तुमाथि अगाडी आएर बोल्न आँट गर्नु नै ठूलो उपलब्धी रहेको बताउनुभयो ।उहाँले बालबालिकाहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि वक्तृत्वकला कार्यक्रम आयोजना गरेकोमा वाईनटुवाटरलाई धन्यावाद दिनुभयो ।
सर्वशान्ति माविका प्रधानाध्यापक जोहन खरेलले सुरुवातमा शिक्षकहरुले धकेलेर अगाडी गई बोल्न लगाएकाहरु अहिले एउटै विषयवस्तुमा घण्टौ बोल्न सक्ने भएको धेरै उदाहरणहरु रहेको भन्दै सहभागी विद्यार्थीहरुको आँटको प्रशंसा गर्नुभयो । सरसफाईका लागि महत्वपूर्ण चर्पी शिर्षकमा वक्तृत्वकला आयोजना गर्ने संस्था वाईन टु वाटर नेपाललाई धन्यावाद दिनुभयो

सरसफाई अभियानता द सेवा नेपालका अध्यक्ष श्रीरेन्द्र प्रकाश पोखरेल, शिक्षक नवराज अधिकारी र वाईन टु वाटर नेपालका बिरु गुुरुङ निणार्यक मण्डलमा रहनुभएको थियो ।
इच्छाकामना गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काको प्रमुख आतिथ्य तथा सर्वशान्ति माविका प्रअ जोहन खरेलको सभापतित्वमा सम्पन्न भएको हो ।
साथै कार्यक्रममा वाईन टु वाटर नेपालका प्रावधिक इन्द्र खड्का विभिन्न विद्यालयका प्रअ शिक्षक, संघसस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रम वाईन टु वाटर नेपालकाका वास संयोजक यज्ञराज जोशीले सञ्चालन गर्नुएको थियो ।
यसैबिच वाईन टु वाटर नेपालले विभिन्न स्थानमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । लामो झरना सरसफाई समूह जलबिरे, देवी आमा समूह कालिखोला र सिराइचुली टोलविकास समितिको सहकार्यमा सरसफाई कार्यक्रम सम्पन्न गरेको वाईन टु वाटर नेपालका वास संयोजक यज्ञराज जोशीले जानकारी दिनुभयो ।
वाईन टु वाटर नेपालले विगत ७ महिनादेखि इच्छाकामना गाउँपालिकाका विभिन्न वडाहरुमा खानेपानी र सरसफाईका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

ads/2021/11/IMG_20211119_132419-300×225.jpg” alt=”” width=”300″ height=”225″ class=”alignnone size-medium wp-image-18304″ />