गोरखा : गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ मा रहेको ऐतिहासिक, धार्मिक स्थल भैरबी मन्दिर निर्माण गरिने भएको छ ।मन्दिर निर्माणका लागि आज क्षमता पुजा गरिएको छ ।गाउँपालिका अध्यक्ष होम बहादुर राना,वडाध्यक्ष जीवन गुरुङ र स्थानीयहरुले क्षमा पुजा गरेका हुन् ।
मन्दिर निर्माणका लागि गाउँपालिकाले रु ८० लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष होम बहादुर रानाले बताउनुभयो ।उहाँका अनुसार मन्दिर सगैँ सौचालय र प्रतिक्षालय पनि निर्माण हुने छन्।

मन्दिर निर्माण आयोजनाका इन्जिनियर तूलसी घिमिरेले २०७९ जेठ सम्म निर्माण सम्पन्न गरिने बताउनुभयो । उहाँका अनुसार अहिले फाउण्डेसनको काम भइरहेको छ ।
स्थानीय राम बहादुर थापाका अनुसार परापुर्वकालदेखिनै हरेक बर्षको बैशाख पूर्णिमा मेला लाग्ने उक्त भैरवीमा रुखको फेदमा रहेको मुर्तिमा पुजाआजा गर्दै आएका छन् । श्रद्धालु भक्तजनहरुले यहाँ वली पनि चढाउने गर्छन् ।
पछिल्लो समय देशका विभिन्न स्थानबाट भक्तजनहरु समेत आउन थालेका छन् ।