कुरिनटार : सर्वशान्ति मावि कुरिनटारको भूतपूर्व विद्यार्थी मञ्चले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालीहरुको महान् पर्वहरुको अवसर पारेर यही कार्तिक १९ गते चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको सर्वशान्ति मावि कुरिनटारका भूतपूर्व विद्यार्थी मञ्चका सह–संयोजक प्रकाश अधिकारीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम कार्तिक १९ गते विहान ११ बजे सर्वशान्ति माविको प्रांगणमा हुने छ । सम्पूर्ण भूतपूर्व विद्यार्थीहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।