चितवन, १५ कार्तिक । पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली चितवन आउनुभएको छ । स्थलमार्ग हुदैँ चितवन आउनुभएका ओलीलाई स्वागतका लागि ठाउँठाउँमा घडा राखिएको छ ।
यसैबिच अध्यक्ष ओलीलाई इच्छाकामना ४ कुरिनटारमा बृद्धबृद्धाहरुले समेत फुलको गुच्छासहित स्वागत गरेका गरेका थिए ।
कुरिनटारमा केहीबेर मात्र बस्नुभएका अध्यक्ष ओलीले कार्यकर्ता तथा शुभचिन्तकहरुलाई धन्यवाद दिनुभएको थियो । अहिले भरतपुर तर्फ प्रस्थान गर्नुभएका अध्यक्ष ओली नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदनआश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनार अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष ओली नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन गर्न पुग्ने नेकपा एमाले चितवनले जनाएको छ ।
ओलीलाई स्वागत गर्न चितवनका नेता कार्यकर्ताहरु चितवन र धादिङ्गको सिमाना मौवा खोला पुगेका थिए ।