
कुरिनटार : नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ति समाज इच्छाकामनाको अध्यक्षमा पुन : चन्द्र बहादुर परियार चयन हुनुभएको छ । शनिबार कुरिनटारमा सम्पन्न भेलाले नेकपा एमाले जिल्ला सदस्य समेत रहनुभएका परियारको नेतृत्वमा ३१ सदस्यीय कार्य समिति सर्वसम्मतले गठन गरिएको हो । भेलाले उपाध्यक्षमा सेतुलाल विक, सचिवमा कुमार सुनार,सह–सचिवमा सरिता परियार र कोषाध्यक्षमा सुकमाया भुसालालाई चयन गरिएको छ ।
No description available.
नेपाल उत्पीडित जातिय मुक्ति समाजको केन्द्रिय सदस्य तथा नेकपा एमाले वागमती प्रदेश सदस्य सहदेव लक्रान्दिको प्रमुख आतिथ्यता भेला सम्पन्न भएको हो ।
भेलामा नेकपा एमाले इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङ, इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवाल, सचिव अन्जना अधिकारी लगायतको उपस्थिति रहेका थिए ।