
गोरखा : जिल्ला प्रहरी कार्यांलय गोरखाले असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारीमा घ्यालचोक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरसिंह मल्ललाई घोषित गरेको छ ।
। कार्यालयले जिल्ला भित्र कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना अन्र्तगत असोज महिनाको उत्कृष्ठ प्रहरी कर्मचारीको रुपमा ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरिएको हो ।
मल्लले आफुलाई आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेको साथै आफ्नो वडा एरियामा घटेका घटनाहरुमा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएको भन्दै प्रशंसा सहित पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।
प्रहरी जवान मल्लले जिम्मेवार एरिया भित्र घटेका बिपद्का घटनाहरुमा तत्काल उद्धार,राहत एवं बिस्थापितहरुको व्यवस्थापान समेत उल्लेखनिय ढंगले कार्य गरेको र विभागीय नीति निर्देशन अनुरुप कुशलतापुर्वक कार्य सम्पादन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उत्कृष्ठ छनोट हुनुभएका मल्ललाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले पुरस्कृत गर्नुभयो ।