
काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको
महाशाखाले जनाएको छ।
राती देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम, लम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।